Pura Samachar

सुनको मूल्य घटयो

प्रकाशित: July 1, 2022
पूरा समाचार

सुनको मूल्य घटयो

काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार हुने भएको हो ।

बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको थियो । त्यसैगरी यसअघि प्रतितोला ९७ हजार रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९६ हजार ७०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ भने एकैपटक प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार २३५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २१० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया