Pura Samachar

मोटरसाइकलले ठक्कर दिदा वृद्धको मृत्यु

प्रकाशित: July 2, 2022
पूरा समाचार

मोटरसाइकलले ठक्कर दिदा वृद्धको मृत्यु

काठमाडौंको युएनपार्क नजिकैको पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै सडकमा मोटरसाइकलले एक पैदलयात्री वृद्धलाई ठक्कर दिएको हो।

बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको हो।

उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया