Pura Samachar

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

प्रकाशित: July 3, 2022
पूरा समाचार

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा  सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

आईजीपी विवादसँगै राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ भने सकिएको छ ।

प्रतिक्रिया