Pura Samachar

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा

प्रकाशित: July 3, 2022
पूरा समाचार

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा

काठमाडौँ – रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, उनले फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’

प्रतिक्रिया