Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 3, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

आइतबार छावापाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १२ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया