
काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किंग सिटीमा मेपल लिफ मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।
यो अभ्यासा खेल हुँदा सन्दीप र आसिफ शेख मात्र वैकल्पिक सूचिमा छन् । क्यानाडाको क्लब क्रिकेट टोलीसँग पनि नेपालले ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । त्यसैले आजको खेलमा खुलेर ब्याटिङ गर्न आवश्यक देखिन्छ ।
ओन्टारियो कप्तानी नेपालबाट खेलि सकेका नरेश बुढाऐरले गर्नेछन् । बुढाऐरले पहिलो अभ्यास खेलमा नेपालविरुद्ध २९ रन प्रहार गरेका थिए । ओपनर रियाजखान पठान र जश शाहले पनि राम्रो सुरुवात दिलाएका थिए । ओन्टारियोको शील पटेल प्रमुख बलर हुन् ।
नेपालले क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया