
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले आज मंत्रीपोखरी स्थित मिलिटेरी अस्पतालको भ्रमण गरेको समाचार प्राप्त भएको छ ।मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले अस्पतालमा पैहरोमा परेका घायल सेनाका जवानहरू संग भेट गरे र तत्कालीन सहायताको लागि पचास -पचास हजार प्रतिव्यक्ति दिने घोषणा गरे ।
उनले अगाडि भने कि सेनाका जवानहरूको सबै उपचारको खर्च भने राज्य सरकारले बेहोर्नेछ ।
उनले अगाडि थपे कि मृतक सेनाका जवान लगायत सिविलयनहरूको नजदीकी रिश्तेदारलाई पाॅच लाख रूपियाँको राहत राशि समेत सरकारले दिने पनि वचनबद्ध भए ।
स्मरण रहोस् मुख्यमन्त्री बिरेनको यो पहिलो भ्रमण हो ।जसले घायलहरू प्रति अवश्य पनि राहतको बाटो देखाउने छ ।
प्रतिक्रिया