Pura Samachar

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु

प्रकाशित: July 5, 2022
पूरा समाचार

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली लागेर कम्तीमा २४ जना घाइते भएका छन् ।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया