Pura Samachar

इंग्ल्यान्डले भारत विरूद्धको पाँच खेलको सिरिज २-२ को बराबरीमा

प्रकाशित: July 5, 2022
पूरा समाचार

इंग्ल्यान्डले भारत विरूद्धको पाँच खेलको सिरिज २-२ को बराबरीमा

भारतविरूद्धको पाँचौ टेस्टमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको छ। मंगलबार सम्पन्न टेस्टमा इंग्ल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्‍यो।

यससँगै पाँच खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ। यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो। दोस्रो टेस्टमा भारत र तेस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भएका थिए। चौथो टेस्टमा भारतले जित निकाल्दै सिरिजमा २-१ को अग्रता लिएको थियो।

पाँचौ टेस्टमा भारतले दिएको ३७८ रनको लक्ष्य इंग्ल्यान्डले मंगलबार ३ विकेटको क्षतिमा पूरा गर्‍यो। यो लक्ष्य इंग्ल्यान्डले टेस्टमा पूरा गरेको अहिलेसम्मकै ठूलो हो।पाँचौ टेस्टमा भारतले दिएको ३७८ रनको लक्ष्य इंग्ल्यान्डले मंगलबार ३ विकेटको क्षतिमा पूरा गर्‍यो। यो लक्ष्य इंग्ल्यान्डले टेस्टमा पूरा गरेको अहिलेसम्मकै ठूलो हो।

यसअघि इंग्ल्यान्डले अस्ट्रेलियाविरूद्ध सन् २०१९ मा ३५९ रनको लक्ष्य पूरा गरेको थियो।

यता पाँचौ टेस्टमा जित हात पारेसँगै इंग्ल्यान्डले भारतलाई सन् २००७ पछि इंग्लिस भूमीमा सिरिज जित्नबाट रोकेको छ।

इंग्ल्यान्डलाई पाँचौ टेस्टमा जित दिलाउन जोए रुट र जोनी बार्यस्टोले शतक प्रहार गरे। दुवै जना नटआउट रहे। रुटले १४२ रन र बार्यस्टोले ११४ रनको योगदान गरे।

प्रतिक्रिया