
डा. हरिमोहन पोखरेल
कोहिमा/मणिपुरमा अविरल रूपमा परेको पानीले विभिन्न जग्गामा बाढी पहिरो गएको र राजमार्ग –३७ समेत अवरोध भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राजमार्ग -३७ को नुङलोङ, नुङलोक र सिवलोङ क्षेत्रमा भने पहिरो गएको र अवरोध भएको खबर छ ।
राज्यका मुख्यमन्त्री एन बिरेनले एरियाको भ्रमण गर्दै सो भागलाई चाँडै नै बाहन संचालन गरिने योग्य बनाउने आदेश सम्म दिएका छन।
अर्कातिर भने टिखुलेन र मयाङखाङ बीचमा पनि सडकको स्थिति अति नै गंभीर भएको कुरा पनि विश्वसनीय सूत्रबाट थाहा लागेको छ ।
स्मरण रहोस् मणिपुरमा अविरल वर्षाका कारण धेरै नै क्षति भएको छ ।
प्रतिक्रिया