Pura Samachar

शेयरबजारमा झिनो अंकको बढोत्तरी

प्रकाशित: July 6, 2022
पूरा समाचार

शेयरबजारमा झिनो अंकको बढोत्तरी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज शेयरबजार १३.३३ अंकले बढ्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
उतारचढावकाबीच आज शेयर बजार दोहोरो अंकले बढ्न पुगेको हो ।

२ अर्बउमाथिको कारोबार हुँदा आज सर्वाधिक गुर्खाज फाइनान्सको शेयर किनबेच भएको छ । कम्पनीको आज ११ करोड ७२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख, सिभिल बैंकको १० करोड ५४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख र अपर तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया