Pura Samachar

काठमाडौंमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु

प्रकाशित: July 7, 2022
पूरा समाचार

काठमाडौंमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका ९ खुलालटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय दीपक के.सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँखुबाट ईन्द्रायणीतर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंको सानोभर्याङमा गएराति स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनी रहेका छन् ।

वनस्थलीबाट स्वयम्भूतर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोक्किएको थियो । घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया