Pura Samachar

सुनको मूल्य घटयो

प्रकाशित: July 7, 2022
पूरा समाचार

सुनको मूल्य घटयो

काठमाडौं- बुधबार प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि १४ सय रुपैयाँ घटेको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा समेत मूल्य घटेको हो।

बुधबार छापावाल सुन प्रतितोता ९६ हजार रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलामा १४ सय रुपैयाँ घटेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया