Pura Samachar

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने

प्रकाशित: July 7, 2022
पूरा समाचार

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ ।

दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो ।मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन्

प्रतिक्रिया