Pura Samachar

नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्युरो गठन

प्रकाशित: July 7, 2022
पूरा समाचार

नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्युरो गठन

नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।

प्रज्ञा भवन कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गरेका हुन्।

उनले पोलिटब्युरोमा रहनेहरूको नाम पनि बैठकमा पढेर सुनाएका छन्।

माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, नारायण दाहाल,हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा,अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल,दिलिप प्रजापति,लेखनाथ न्यौपाने छन्।

प्रतिक्रिया