काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार दिउँसो प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै शनिबार राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।
“प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ ।
प्रतिक्रिया