काठमाडौं –आजको प्रतिनिधिसभा बैठकबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता नहुने भएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयक फिर्ता लिने निर्णय गरे पनि आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट त्यसलाई हटाइएको छ । गृहमन्त्री बालकृष्ण खाणबाट सो विधेयक फिर्ता लिने कार्यसूची थियो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले प्रतिनिधिसभामा सो विधेयक दर्ता गरेको थियो ।
मन्त्रिपरिषदले सो विधेयक फिर्ता गर्ने निर्णय गर्नुअघि त्यसबारे सत्तारूढ पाँच दलीय गठबन्धनमा सहमति भएको थियो ।
प्रतिक्रिया