
काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो ।
नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने बताएपछि मर्जरका लागि हतारिएका दुवै बैंकबीच बिहीबार अन्तिम आवरमा कुरा नमिलेपछि आज हुने भनिएको सम्झौता रोकिएको हो ।
स्रोतका अनुसार आज कुरा मिलेमा भोलि सम्झौता हुन सक्छ । ‘सिभिल बैंकले हिमालयनलाई १००ः ८१ प्रतिशतको स्वाप रेसियो र कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि आजको लागि सम्झौता रोकिएको हो, आज कुरा मिल्यो भने शनिबार पनि हुन सक्छ,’ एक संचालकले बताए ।
अहिलेसम्म यस्तै, बैंकको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा बन्ने सहमति भएको छ । सिभिलका सुनिल पोखरेल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत बन्ने प्रारम्भिक सहमति पनि भएको छ ।
प्रतिक्रिया