Pura Samachar

भदौ मसान्तभित्रै लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क नलाग्‍ने

प्रकाशित: September 12, 2020

भदौ मसान्तभित्रै लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क नलाग्‍ने

काठमाडौं । भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे अतिरिक्त शुल्क तथा जरिवाना नलाग्‍ने भएको छ । यातायात कार्यालयले लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकलाई आउने बुधबारभित्रमा नवीकरण गरिसक्न आग्रह गरेको हो ।

यातायात व्यवस्था विभागले लकडाउन र निषेधाज्ञालाई ‘शून्य अवधिा’ मानिने गरी मोडिफिकेसन गरिसकेको छ ।

यसअघि सिस्टम मोडिफिकेसन नहुँदा सेवाग्राहीले लाइसेन्स नवीकरण गर्दा अतिरिक्त शुल्क तथा जरिवाना तिर्दै आएका थिए । भदौभर बन्द रहेका यातायात कार्यालय आइतबारबाट पूर्णरुपमा खुल्ने भएका छन् ।

व्यवस्थाअनुसार लकडाउन अवधिमा एक वर्ष भइ नयाँ तथा वर्ग थप ट्रायल परीक्षा उत्तिर्ण, नवीकरण गर्नुपर्ने म्याद समाप्त भइ ५ वर्ष पूरा भएका, नवीकरण गर्नुपर्ने अवधि लकडाउनको समयमा सकिएकाहरू सबैको नवीकरणको राजश्व शुल्कमा लकडाउन अवधिदेखि भदौ ३१ सम्मलाई शून्य अवधि कायम गरिएको छ ।

प्रतिक्रिया