
काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ ।
काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको मृत्यु भगएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ३/०२/००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको हाे।
प्रतिक्रिया