
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ । गएराति घुम्थाङको नागपुजे र भीरखर्कमा गएका पहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको हो ।
घुम्थाङको नागपुजेमा गएको पहिरोले कम्तिमा आठ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको नेपाली कांग्रेसको प्रचार विभाग सदस्य तथा स्थानीयवासी सागर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार नागपुजेमा परिएका घरका सबै मानिसलाई पहिरोले बगाएको छ ।
केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको थियो । लिदी पहिरोमा पुरिएका दुई जना अझै वेपत्ता छन् ।
प्रतिक्रिया