Pura Samachar

आज बढयो सुन-चाँदीको मूल्य

प्रकाशित: July 10, 2022
पूरा समाचार

आज बढयो सुन-चाँदीको मूल्य

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया