Pura Samachar

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै

प्रकाशित: July 11, 2022
पूरा समाचार

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ ।

पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

प्रतिक्रिया