Pura Samachar

कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

प्रकाशित: July 11, 2022
पूरा समाचार

कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको  बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर ठक्कर दिएको थियो।

घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

प्रतिक्रिया