Pura Samachar

संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने:अध्यक्ष माधवकुमार नेपाल

प्रकाशित: July 11, 2022
पूरा समाचार

संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने:अध्यक्ष माधवकुमार नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताउनुभएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताउनुभएको हो ।

‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भन्नुभयो, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ एकीकृत समाजवादी पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उहाँको भनाई छ।

प्रतिक्रिया