
काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ।
तेजावी सुनको भाउ पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ।
चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया