
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्रमा नबिल बैंकका अध्यक्ष उपोन्द्र पौडेल र एनबि बैंकका अध्यक्षले सयुक्त हस्ताक्षर गरेका हुन् । यी दुई बैंकको आजदेखि एकृकृत कारोबार समेत भईसकेको छ। मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सम्झौता भएको हो ।
सम्झौता हस्ताक्षर भएसँगै आजबाट नेपाल बंगलादेश बैंकलाई प्राप्तिमा गर्ने नबिल आजदेखि चुक्ता पुँजीका हिसाबले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बनेको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका अध्यक्ष उपोन्द्र पौडेल र एनबि बैंकका अध्यक्ष नजमुस सकिबले हस्ताक्षर गरेका हुन् ।
अहिलेसम्म चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई रहेको छ। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ। आजदेखि नबिल बैंक नेपालको सबैभन्दा ठूलो बैंक रहनेछ । नबिल बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्नेछ। योसँगै चुक्ता पुँजीको हिसाबमा नेपालको सबैभन्दा ठूलो बैंक ठहरिनेछ।
नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड छ। यस्तो अवस्थामा एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक हरेक कुरामा अब्बल बन्ने बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बताउँछन्।
उनका अनुसार नबिल र एनबीका आआफ्नै सबल पक्ष छन्। नेपाली बैंकिङ क्षेत्रमा केही बैंकहरुको मर्जर भाँडिइरहँदा नबिल र एनबीले एकीकृत कारोबार थाल्न लागेका हुन्। नबिल बैंकले चालू आर्थिक वर्षको नौ महिना अवधिमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको यो अवधिमा केही कम देखिए पनि उच्च देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ देखिएको छ। वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। तेस्रो त्रैमासिकसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ २९ पैसा छ।
बैंकको निक्षेप संकलन २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ हुँदा कर्जा प्रवाह २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ देखिएको छ। नाफाकै रुपमा हेर्ने हो भने यो बैंक केही तल गएको छ। गत वर्षसम्मको विवरणमा नबिल बैंक नेपालको सबैभन्दा ठूलो र धेरै नाफा कमाउने बैंकको रुपमा परिचित थियो।
चालू आर्थिक वर्षको ९ महिनासम्मको तथ्याङ्कअनुसार भने ग्लोबल आईएमई बैंक र एनआईसी एसियाले नबिललाई उछिनेको छ। ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा गरेको छ। ग्लोबल आईएमई बैंकले गत वर्षकै तुलनामा तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा गरेको हो। यही अवधिमा गत वर्ष बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
प्रतिक्रिया