आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ।
सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६.५ ओभरमा १८० रनमा अलआउट भयो।
नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ८४ बलमा नटआउट ५० रन जोडे। आरिफले २ चौका हिर्काउन सके।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २७ रन र आसिफ शेख १४ रनमा आउट भए। देव खनालले ६५ बलमा ३४ रन जोडे।
रोहित पौडेल शून्यमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले ४ रन भन्दा बढी जोड्न सकेनन्। सोमपाल कामी र आदिल अन्सारी १०-१० रनमा आउट भए।
करण केसीले ११ बलमा २ चौका र १ छक्का हिर्काउँदै १९ रन जोडे। बासिर अहमेद ३ रनमा रनआउट र कप्तान सन्दीप शून्यमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा २२० रनमा अलआउट भयो।
प्रतिक्रिया