Pura Samachar

छिमेकी देशहरूसँगको सम्बन्ध र सीमा समस्या

प्रकाशित: July 12, 2022
पूरा समाचार

छिमेकी देशहरूसँगको सम्बन्ध र सीमा समस्या

डा. डिआर उपाध्याय खनाल                                                              नेपालीहरू पानी खाएर बाँच्न सक्छन् तर कसैको हेपाइ सहेर बस्न सक्दैनन् । हिजो पुर्खाले पनि त्यसै गरे आज हामी पनि त्यसै गर्छौं । भारत सरकारबाट नेपालको सीमा मिचिने काम बन्द हुनुपर्छ । नेपालले भारतलाई हेर्ने दृष्टिकोण सीमा विवादका कारण कहिलेकाहीँ फरक हुन सक्छ । नेपाल–भारतबीच सम्बन्ध राम्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो । संविधान निर्माण, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता सीमा समस्या, नागरिकतासम्बन्धी ऐनजस्ता कुरामा भारतले अनावश्यक चासो लिएको देखियो ।

नेपाल–भारतबीचको सम्बन्ध राम्रै हुँदै आएको छ, तर बेलाबेलामा सीमा समस्याका कारण खटपट भने परिरहेको हुन्छ । नेपाल–भारत बीचको सीमा समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने खालको दुबै देशहरूले उपाय खोज्न जरुरी छ । सीमा समस्याका कारण इतिहासदेखि नै नेपाल–भारतबीचको सम्बन्धमा दरार आउने गरेको छ । नेपाल–भारत सम्बन्ध राम्रो र शान्तिपूर्ण हुनुपर्छ । हामी दुई देशका बीचमा रहनसहन सबै मिल्छ । भारत र नेपाल बीचको सम्बन्ध बिग्रनु हुँदैन । त्यसको साथै चीनसँग पनि सम्बन्ध राम्रो राख्दै जानुपर्छ ।

हामी भारत र चीनको बीचमा छौँ । यी दुई देशबाट हामीले फाइदा लिन सक्नुपर्छ । देश र जनताको हितमा हुने जुनसुकै फाइदा लिन सकिन्छ र लिनु पनि पर्छ । देशको हित विपरीत कुनै सम्झौता कुनै देशसँग पनि गर्नु हुँदैन । देशको हितमा सोचेर हामी देशभक्त नेपाली अघि बढनुपर्छ । देशको राजनीतिक अवस्था अस्थिर हँुदा छिमेकी देशहरूले हेप्न खोज्छन् त्यसमा हामी सदैव होसियार नै रहनुपर्छ । अहिले पनि नेपालको राजनीतिक अवस्था अस्थिर नै छ । यही अस्थिर राजनीतिक अवस्था देखेर छिमेकीबाट सीमा मिचिने गरेका छन् । हामी आर्थिक रूपमा समेत परनिर्भरता भएका छौँ । यसरी देशको उन्नति गर्न सकिँदैन । देशको उन्नति र प्रगति गर्न देशमा नै उत्पादन बढाउने काम गर्नुपर्छ । त्यसको लागि लगानी बढाउनुपर्छ । छिमेकी देशहरूसँग हामी कूटनीतिक रूपमा सम्बन्ध बढाउन सक्नुपर्छ । छिमेकी देशलाई चिढाउने काम जो कसैले पनि गर्नु हुँदैन । त्यसले सम्बन्ध बिगार्छ । नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुबै देश इमानदार बन्न सक्नुपर्छ । सानो र गरिब देश भनेर भारतले नेपाललाई हेप्ने काम कहिले गर्नु हँुदैन । नेपालीहरू पानी खाएर बाँच्न सक्छन् तर कसैको हेपाइ सहेर बस्न सक्दैनन् ।

हिजो पुर्खाले पनि त्यसै गरे आज हामी पनि त्यसै गर्छौं । भारत सरकारबाट नेपालको सीमा मिचिने काम बन्द हुनुपर्छ । नेपालले भारतलाई हेर्ने दृष्टिकोण सीमा विवादका कारण कहिलेकाहीँ फरक हुन सक्छ । नेपाल–भारतबीच सम्बन्ध राम्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो । संविधान निर्माण, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता सीमा समस्या, नागरिकतासम्बन्धी ऐनजस्ता कुरामा भारतले अनावश्यक चासो लिएको देखियो । त्यति मात्र होइन उसले बल मिच्याइँ गर्नेसमेत गरेको छ । यस्तो प्रवृत्ति नेपालले सहन सक्दै र सहनु पनि हुँदैन । भारतको यस्तो बल मिच्याइँलाई नेपालले सहँदै जाने हो भने सीमा समस्या पटकपटक दोहोरिइ रहनेछन् । भारतमा जुनसुकै पार्टीको सरकार बने पनि नेपाल–भारत सम्बन्धमा नीतिगत तहमा ठूलो अन्तर हुँदैन । भारतको नेपालप्रतिको नीति नेपाललाई आफ्नो छत्रछायाँमा राख्ने नै हो । बेलाबेला सम्बन्धमा उतारचढाव पनि आउने गर्छ । मोदीको कार्यकालमा नेपाल निकै उचारचढाव भएको छ । हुन त नेपाल–भारत सम्बन्धमा यस्तो उतारचढाव आज मात्र होइन, परम्परादेखि चल्दै आएको हो । जबसम्म नेपाल आर्थिक रूपमा आत्मनिर्भर हुँदैन तवसम्म छिमेकी देशहरूले हेपी नै रहन्छन ।

अर्को कुरा हाम्रा कतिपय नेताहरू राजनीतिक रूपमा स्वभिमानी भएनन् । उनीहरू दूतावासको दानापानीबाट चलेका छन् । त्यसो भएको हुनाले पनि छिमेकीले हेपेका हुन् । यो कुरा राजनीतिक दलहरूले बुभ्mन जरुरी छ । नेपाल–भारत बीचको सबैभन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो, जसलाई नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध भन्ने गरिन्छ । यसभित्र पारिवारिक, आर्थिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, कामदारहरू आदानप्रदानका सम्बन्धहरू पर्दछन् । खुला सीमा भएकै कारण नेपाल–भारतबीच यो सम्बन्ध निकै मजबुत छ । यदाकदाको आर्थिक उतारचढावबाहेक यो सम्बन्ध सधैँ स्थिर छ । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ, यो स्थिर पनि छ । नेपाल–भारत बीचको कूटनीतिक सम्बन्ध बलियो बन्नुपर्छ । यो कुरा हामी सधैँ राख्दै पनि आएका छौँ । भारतप्रति हाम्रो कुनै रिस र डाहा छैन । भारतले पनि नेपाललाई सधैँ छत्रछायाँमा राख्ने सोचमा परिवर्तन आउनुपर्छ । भारतले अस्वभाविक गतिविधि बढाउने काम बन्द गर्नुपर्छ । यसैकारण कहिले अत्यन्त सहयोगात्मक भाइचाराको सम्बन्ध देखाउने र कहिले सम्बन्धमा दरार आउने गर्दछ । बेलाबेलामा भएका नाकाबन्दी नेपालमाथि भारतीय हस्तक्षेपका केही उदाहरण हुन् । बाहिर नेपाल–भारत बीचको कूटनीतिमा कुनै समस्या छैन भन्ने तर वास्तवमा समस्या भने सधैँ रहिरहने परम्परा नै बनेको छ ।

नेपालको चीनसँग सीमाना जोडिएको र अर्कोतिर नेपाल–भारत बीचको खुला सीमाना हुनुले पनि नेपालतिर भारतको बढी चासो हुनु स्वभाविक हो । त्यसो त भारतको लागि नेपाल मात्र नभएर नेपालको लागि भारत पनि महत्वपूर्ण नै छ । नेपाल, भारत दुबै स्वतन्त्र र सार्वभौमिकता भएको मुलुक भए पनि व्यवहारमा भारतले नेपाललाई त्यो दृष्टिले कहिल्यै हेरेन । नेपाललाई भारत आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । भारतको अघोषित यो नीतिलाई कार्यान्वयन गर्न भारतले नेपालमाथि बेलाबेलामा आर्थिक नाकाबन्दी लगाउने, सरकार परिवर्तनमा अनावश्यक हस्तक्षेप गर्ने, नेपालको राजनीतिमाथि अनावश्यक टीकाटिप्पणी गर्ने, भारतीय सुरक्षाकर्मीहरू विनाअनुमति नेपाल प्रवेश गर्ने, सीमामा नेपालीमाथि दुव्र्यवहार गर्ने, सीमा अतिक्रमण गर्नेजस्ता समस्या सिर्जना गर्दछ । भारत नेपालमाथि दबाब सिर्जना गर्न चाहन्छ । यो गलत चिन्तन हो ।

भारतमा जुन सरकार आए पनि उनीहरूको नेपालप्रतिको चिन्तन एउटै हुन्छ । राजनीतिक दल र तिनका नेताहरूको मानसिकता पनि त्यति राम्रो छैन । नेपालमा जुनसुकै सरकार आए पनि भारतलाई रिझाउने मानसिकता छ । समस्या यो पनि हो । त्यो पनि कूटनीतिक माध्यमबाट खुसी पारेको भए छुट्टै हुन्थ्यो । व्यक्तिगत लेनदेन र भारतको स्वार्थ पूर्ति गरिदिएर खुसी पार्ने नेपालका दल र तिनका नेताहरू बीच होडबाजी नै चल्छ । दलहरू र तिनका नेताहरू आफू सत्तामा नपुगेसम्म नेपाल–भारत सम्बन्धमा देखिएका झिनामसिना समस्याहरूलाई पनि बढाइचढाइ चर्को विरोध गर्ने गर्दछन् जब सत्तामा पुग्छन् सबै समस्यालाई ढाकछोप गरी चुप लाग्छन् । यस्तो छ नेताहरूको दोहोरो प्रवृत्ति । नेपालका नेताहरूको चरित्र बुझेर नै भारतले बेलाबेलामा नेपालका राजनीतिक दल र नेतामाथि खेलिरहन्छ । त्यसैले नेपालीको सोच स्थिर नभएसम्म नेपाल–भारत सम्बन्ध स्थिर हुँदैन ।

नेपाल–भारत सम्बन्धमा समस्या खडा गर्ने यी कारण हुन जस्तै, ठूल्दाइ प्रवृत्ति, असंवेदनशील भारतीय सञ्चारमाध्यम, सीमामा दुव्र्यवहार, सीमा अतिक्रमण, नेपाल–चीन सम्बन्ध आदि । भारतीय संस्थापन पक्षमा भारत ‘ठूलोदाइ’ र नेपाल ‘सानोभाइ’ ठान्ने मनोविज्ञान छ । ठूलोले सानोलाई हेपाहा प्रवृत्ति देखाउँछन् । नेपाल–भारत सम्बन्धमा पनि यस्तै छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि भारतले जे पनि गर्न तयार हुन्छ । यी कुरा विगतका घट्नाहरूले देखाइसकेको छ । दुई देशको सम्बन्धमा सञ्चारमाध्यम र मिडियाको ठूलो भूमिका हुन्छ । भारतीय सञ्चारमाध्यमहरू साना छिमेकी मुलुकहरूको भावनाप्रति असंवेदनशील र वास्तविक तथ्यहरू पूर्वाग्रही ढंगले प्रस्तुत गरेर उत्पन्न विवादलाई अतिरन्जित गर्ने र जनता–जनताबीच भ्रम र विद्वेष बढाउने कार्यले सम्बन्धमा समस्या खडा भएको देखिन्छ । भारतमा काम गरेर फर्कने क्रममा धेरै नेपाली कामदारले प्रवेश नाकाहरूमा भारतीय सीमा सुरक्षा बल एसएसबीको दुव्र्यवहार खेप्नुपरेको प्रशस्तै गुनासो आउने गरेको छ । नेपाली सीमा (कालापानी, सुस्ता, टनकपुर, मेची, पशुपतीनगर आदि) क्षेत्रमा भारतीय अतिक्रमणको विषय पटकपटक तनावको कारण बन्ने गरेको छ ।

त्यसो त पछिल्लो समयमा चीनसँगको नेपालको संबन्ध पनि बहुआयामिक बन्दै गएको छ । चीनले तिब्बतलाई आफ्नो अभिन्न अंग बनाएपछि नेपालले पनि एक चीन नीतिलाई साथ दिँदै आएको छ । चीनले तिब्बतमा भौतिक पूर्वाधारको व्यापक विकास गरेको छ । तिब्बतमा निर्माण भएका भौतिक पूर्वाधारहरू खास गरी सडक र रेल यातायातबाट नेपालले पनि फाइदा लिन सक्ने अवस्था छ । पहिलो कुरा त चीनका रेल तथा सडक सञ्जालमार्फत नेपालले व्यापार तथा पारवहनको सुविधा पाउनुपर्छ । भूपरीवेष्ठित मुलुक भएका कारण चीनबाट पनि व्यापार तथा पारवहनको सुविधा पाउनु नेपालको अधिकार हो । दोस्रो कुरा काठमाडौंबाट कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पाजस्ता जिल्लामा आउजाउ तथा समान ओसारप्रसार गर्न तिब्बतका सडकहरू नेपालका लागि हिउँद याममा अत्यन्त अनुकूल छन् । नेपालले यो प्रस्ताव चीनसमक्ष राखिसकेको पनि छ, तर व्यवहारमा खासै कार्यान्वयन हुन सकेको छैन । साभार सौर्य अनलाइन

प्रतिक्रिया