Pura Samachar

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ

प्रकाशित: July 13, 2022
पूरा समाचार

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जबाट हिजो (मंगलबार) राति स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले वीरगन्ज महानगरपालिका ९१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् ।

बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया