Pura Samachar

दिल्ली पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट

प्रकाशित: July 16, 2022
पूरा समाचार

दिल्ली पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट

 

काठमाडौं । शुक्रवार दिल्ली पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग दाहालको शनिवार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र दाहालपुत्री गंगा दाहालको पनि उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि दाहाल र देउवाबीच भेटवार्ता भएको थियो ।

दाहालले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

 

प्रतिक्रिया