Pura Samachar

सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटयाे

प्रकाशित: July 17, 2022
पूरा समाचार

सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटयाे

काठमाडौँ / आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटेको छ भने चाँदी १५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको छापाबाल सुन आज आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार हुने भएको छ ।

यस्तै, आघिल्लो दिन प्रतितोला ९३ हजार ३०० रुपैँयामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार हुनेछ ।

त्यस्तै, महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैँयाले बढि एक अजार १६० मा कारोबार हुने भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया