Pura Samachar

न्यायपरिषद्‌को बैठक आज बस्दै

प्रकाशित: July 18, 2022
पूरा समाचार

न्यायपरिषद्‌को बैठक आज बस्दै

काठमाडौँ । न्यायपरिषद्‌को बैठक आज बस्दैछ ।

न्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशहरूको दरबन्दी रिक्त रहेको अवस्थामा परिषद्‌को नियमित बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्‌मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने व्यवस्था छ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा बैठक बस्नेछ।

प्रतिक्रिया