Pura Samachar

सुन-चाँदीको मूल्य बढयाे

प्रकाशित: July 18, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य बढयाे

सोमबार सुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया