Pura Samachar

एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा

प्रकाशित: July 18, 2022
पूरा समाचार

एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा

काठमाडौं। आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिनुभएकाे छ।

अर्को महिना स्वतः अवकाशकाे मिति पुग्न लागे पनि पोखरेलले एक महिना अघि नै राजीनामा दिनुभएकाे हाे ।

उहाँको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उहाँले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गर्नुभएकाे थियाे ।

आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै पाेखरेल अदालत जानुभएकाे थियाे ।

प्रतिक्रिया