Pura Samachar

अष्ट्रेलियाले दुई देशविरुद्ध एकदिवसीय सिरिजका लागि टोलीको घोषणा

प्रकाशित: July 18, 2022
पूरा समाचार

अष्ट्रेलियाले दुई देशविरुद्ध एकदिवसीय सिरिजका लागि टोलीको घोषणा

काठमाडौं। अष्ट्रेलियाले दुई देशविरुद्ध एकदिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ। अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा जिम्बावे र न्युजिल्याण्डसँगको सिरिजका लागि टोली घोषणा गरेको हो ।

अष्ट्रेलियाले आगामी अगस्ट २८ बाट जिम्बावेविरुद्ध तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्दैछ । यस्तै अष्ट्रेलियाले न्युजिल्याण्डसँग आगामी ६ सेप्टेम्बरबाट तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

अष्ट्रेलियाको टोलीमा कप्तान फिन्चसहित डेविड वार्नर, एडम जाम्पा मिचेल मार्स, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनसजस्ता खेलाडी अटाएका छन्। टेष्ट टिमका कप्तान प्याट कमिन्सलाई भने विश्राम दिइएको छ।

अष्ट्रेलियाको टिम :

प्रतिक्रिया