Pura Samachar

नेपाली टोली आज मंगलबार स्वदेश फर्कदै

प्रकाशित: July 19, 2022
पूरा समाचार

नेपाली टोली आज मंगलबार स्वदेश फर्कदै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली टोली आज मंगलबार स्वदेश फर्कदै छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो ।

सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो ।

घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।

लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो ।

यस प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ ।

नेपाल २० खेलबाट १७ अंक सहित छैटौं स्थानमा रहेको छ ।

ओमान ३६ खेलमा ४४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया