Pura Samachar

मंगलबार सुन मूल्य घटयाे

प्रकाशित: July 19, 2022
पूरा समाचार

मंगलबार सुन मूल्य घटयाे

मंगलबार सुन-चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो। सोमबार सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया