Pura Samachar

यसरी देश बन्दैन, देश बनाउन इच्छाशक्ति चाहिन्छ

प्रकाशित: July 22, 2022
पूरा समाचार

यसरी देश बन्दैन, देश बनाउन इच्छाशक्ति चाहिन्छ

✍️ डा. डी.आर उपाध्याय खनाल
काठमाडौं,
साउन ६ ।

                                                विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्नसमेत विवश छन् । स्वास्थ्य अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिक प्रताडित छन् । अहिले विभिन्न बहाना बनाएर सरकारी निकायकै संरक्षणमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गराइरहेका छन् । सरकारका सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् ।

देश र जनताका लागि लड्ने युवा शक्तिको आजको आवश्यकता हो । युवाविना देश बन्न सक्दैन यो कुरा सबैले बुझेका छन् । आज देशमा युवा शक्ति छैनन् । युवाशक्ति विदेश पलायन छन् । यो हाम्रो मुलुकका लागि दुर्भाग्य हो । राजनीतिक दल र तिनका नेताहरूलाई यो मुलुकको कुनै चिन्ता भएको देखिँदैन । नेताहरू स्वार्थी भएको देखियो । यसरी देश बन्दैन । देश बनाउन इच्छाशक्ति चाहिन्छ । नेताहरूमा इच्छाशक्तिको अभाव देखियो ।

आज नेताहरू कुरा मात्र गर्ने भए व्यवहारमा कुनै कुरा लागू गर्ने भएनन् यो नै समस्या भयो । देश र जनताका लागि लडनेहरू आज खाडी मुलुकमा पसिना बगाइरहेका छन् । यो देशको सबैभन्दा ठूलो समस्या हो । आज नेपाली जनता सबैभन्दा बढी महँगीको समस्यामा परेका छन् । यो समस्या झन् बढ्दै छ । आमनागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् कि त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगिएको छ । सर्वसाधारण नागरिकको त चुलोसमेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रोसँग खान पाएका छैनन् । मान्छेको सबैभन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागि रातदिन काम गरेका हुन्छन् । तैपनि श्रम गरेअनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ ।

अब राजनीतिक दल र तिनका नेताहरूले गफ मात्र गर्ने होइन, व्यवहारमा देखाउनुपर्ने जरुरी देखिएको छ । दल र तिनका नेताहरूले जनताका समस्या बिर्सिनु दुर्भाग्य हो । महँगीले जनजीवन अस्तव्यस्त छ । यसको सबैभन्दा ठूलो मार निमुखा गरिबलाई परेको छ । अहिलेको महँगीले सबैको टाउको दुखाएको छ । गरिब जनताको समस्या समाधान नभएसम्म देशको उन्नति हुन सक्दैन । गरिब जनताको नाममा राजनीति गर्नेहरूले अब सोच्नुपर्ने बेला आएको छ । सधै भरी गरिब जनतालाई भ्रममा राखेर राजनीतिक दलहरूको भविष्य राम्रो हँुदैन । धेरै मानिस गाउँबाट कामको खोजिमा सहरबजार पसेका छन् । रोजी रोटीका लागि थुप्रै युवा मुग्लान भासिएका छन् । मान्छेहरू सडकका पेटीमा मकै पोलेर, सागपात, फलफूल बेचेर आफनो जीविका चलाएको पनि हामी देखेका छौँ । ज्यामी र भरियाहरूको पनि आप्mनै समस्या छ । केही मानिस ठेलागाडा वा रिक्सा चलाएर आफनो गुजारा चलाउँदै आएका छन् । महँगीको सबैभन्दा ठूलो समस्या उनीहरूलाई परेको छ । आज महँगीले सर्वसाधारण जनता भोकभोकै मर्नुपर्ने अवस्था आउँदै छ । यस्तोमा सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने हो । तर, देशमा सरकार छ कि छैन त्योसमेत जनताले अनुभूति गर्न पाएका छैनन् । यो भन्दा लाजमर्दो कुरा अरू के हुन्छ ? देउवा सरकारको प्राथमिकताभित्र जनताका यस्ता जल्दाबल्दा समस्या किन पर्दैनन् ? प्रश्न गर्ने मन लागेको छ ।

देशमा धेरैपटक धेरै सरकार बने तर कुनै पनि सरकारले आमजनता र देशका लागि भनेजस्तो गतिलो काम गरेनन् । देशमा उत्पादन छैन, खाद्यान्न उत्पादन हुने खेतपाखो बाँझो छ, देशभित्र सानातिना निर्माण कार्य र कलकारखानामा पनि विदेशी श्रमिकको बाहुल्य छ । देश भ्रष्टाचारमा डुबेको छ । यसमा सुधार गर्न सकिएन भने भोलि ठूलो समस्या भोग्नुपर्ने निश्चित छ । देशको सार्वभौमसत्ता खतरामा पर्ने जोखिम बढेर गएको छ । देशको विकास हुन सकेको छैन । साँच्चै देशको विकास गर्ने नै हो भने भ्रष्टाचारमुक्त समाज आजको पहिलो आवश्यकता हो । यसका लागि युवावर्ग अगाडि बढ्नुपर्छ ।

अर्को ठूलो समस्या भनेको बेरोजगारी समस्या हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हँुदैन तबसम्म देशको विकास हुँदैन । आज नेपालमा दुई किसिमका शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा हुनेका लागि महँगो र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा नहुनेका लागि मात्रै गुणस्तरहीन शिक्षा र स्वास्थ्य छ । यसले नागरिकमा विभेद ल्याएको छ । यो गरिब जनतामाथि गरेको विभेद हो । यसलाई जतिसक्दो चाँडो सच्याउनु आवश्यक छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुभ्mन सकेको छ कि छैन भन्ने कुरा जनता आफँैले बुझेका छन् । जनताको पिरमर्का बुझ्न नसक्ने सरकारको के काम ? प्रश्न पटकपटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो कि काम पनि गर्ने हो ? गरिब र धनीबीचको खाडल झन् पछि झन् गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र लगायतका दलहरू देश र जनताप्रति गम्भीर हुनुपर्ने हो कि होइन ? दलहरूको विचार र आदर्श व्यवहारमा लागू हुन नसक्नु दुःखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरूले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो विषयमा राजनीतिक दल र तिनका नेताहरूलाई चिन्ता लाग्नुपर्ने होइन र ? राजनीतिक दल र तिनका नेताहरूको भ्रष्ट प्रवृत्ति, स्वार्थ, लोभ र अहंकारका कारण मुलुक बर्बादीतर्फ गइरहेको छ । जनताका समस्यालाई आत्मसात गरेर सरकार अघि बढ्नु पर्दथ्यो । वर्तमान गठबन्धन सरकार जनताको पक्षमा त्यति गम्भीर भएर लागेको देखिएन । दलहरू भागबण्डामा रमाए । यो सरकारले आमनागरिकको हितमा काम गरेर देखाउनुपर्ने हो तर त्यस्तो देखिएन । सर्वसाधारण गरिब जनता दिनप्रतिदिन पीडित र मर्माहत बनिरहेका छन् । उनीहरूका लागि सरकार किन गम्भीर बन्न सकेन ?

सर्वसाधारण गरिब जनता बिहानदेखि रातीसम्म पसिना बगाउँदै काम गर्छन् तर पनि राम्रोसँग खान पाएका छैनन् । नेपालको शिक्षा अत्यन्तै महँगो भएकाले सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सकिरहेका छैनन् । यस्तो महँगो छ नेपालको शिक्षा । सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सक्ने अवस्था छैन । शिक्षा पूर्णरूपमा व्यापारीकरण हँुदै गएको छ । राज्यले सरकारी विद्यालय सुधार गर्न सकिरहेको छैन । जनता महँगीले आक्रान्त बनेका छन् । किसानले मल पाएका छैनन् । विद्यार्थीले समयमा पुस्तक पाएका छैनन् । मजदुरले श्रमको उचित ज्याला पाएका छैनन् । गरिब जनताले राम्रो उपचार पाएका छैनन् । रोजगारीको अभावमा कैयौँ सर्वसाधारण भौँतारिनु परेको छ । सरकार यो विषयमा बेखबरजस्तै छ । आमजनताका समस्या सरकारले बुभ्mन सक्नुपर्छ । सर्वसाधारणको चुल्होलाई कसरी सहज बनाउने भन्ने कुरामा सरकारको ध्यान जानु पर्छ । अहिले पनि विकट गाउँबस्तीमा सिटामोल र जीवनजलसमेत नपाएर मानिस अकालमा मर्नुपर्ने दुःखद् अवस्था छ ।

विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्नसमेत विवश छन् । स्वास्थ्य अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिक प्रताडित छन् । अहिले विभिन्न बहाना बनाएर सरकारी निकायकै संरक्षणमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गराइरहेका छन् । सरकारका सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । अहिले देखिएका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रूपमा अघि बढनुपर्छ । साभार सौर्य अनलाइन

प्रतिक्रिया