Pura Samachar

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख नाघ्यो, नाै लाख ३८ हजार बढीको मृत्यु

प्रकाशित: September 16, 2020

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख नाघ्यो, नाै लाख ३८ हजार बढीको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड ९७ लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १५ हजार पाँच सय दुई पुगेको छ ।

जसमध्ये दुई करोड १५ लाख २५ हजार दुई सय ४३ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या नौ लाख ३८ हजार चार सय छ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ६७ लाख ८७ हजार सात सय ३७ र भारतमा संक्रमितको संख्या ५० लाख १८ हजार ३ ४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४३ लाख ८४ हजार दुई सय ९९ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।

प्रतिक्रिया