Pura Samachar

इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित

प्रकाशित: July 23, 2022
पूरा समाचार

इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अप्रिका ८३ रनमा अल आउट भयो । खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो । दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिका हेनरिक क्लासेनले ४० बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट भए ।

क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन् । जुन समय ३.५ ओभरमा ६-४ खराब अवस्थामा पुगेको थियो । इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक तीन विकेट लिए । रिस टोप्ली र मोईन अलीले दुई दुई विकेट लिए । साम करन र डेविड विल्लीले १-१ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड २८.१ ओभरमा २ सय १ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियम लिभिङस्टोनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

साम करनले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । करन खेलको प्लेयर अफ द म्याच चुनिए । ओपनर जेसन रोय १४, जोनी बेयरस्टो २८, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९, डेविड विल्ली २१ र आदिल राशिद १२ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ६ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । तबरेज शाम्सी र एनरिच नोर्कियाले दुई दुई विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया