Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: July 23, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार  ८८ जनाको पीसीआर र १ हजार ८सय ०८  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ९ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया