Pura Samachar

स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखायाे:माधवकुमार नेपाल

प्रकाशित: July 23, 2022
पूरा समाचार

स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखायाे:माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्धतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताउनुभएको हो ।

उहाले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताउनुभयो । उहाले दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालेर इतिहासमा नै नयाँ किर्तिमान बनाएको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले कम्युनिष्ट पार्टी दुईतिहाईमा पुगेपनि त्यसको सहि उपयोग गर्न नसकेको उल्लेख गर्नुभयो ।

नेपालले केहि व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रबृति हावी भएका कारण नै कम्युनिष्ट पार्टी बिभाजित भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया