
काठमाडौं ८ आठ । यसअघि कायम भएको ४ वर्षे प्रावधानलाई संसोधन गरी १६ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ ।
जसमा कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल रहेका छन् भने ,दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन लाई बढुवा सिफारिस गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरेपछि १६ जनालाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।
प्रतिक्रिया