
काठमाडौै । प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ स्थित जानकीनगरमा रहेको एक कल सेन्टरमा छापा मारेको छ ।
कल सेन्टरमार्फत अवैध गतिविधी हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । एउटा घरको ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज तथा कल मार्फत ठगी गर्दै आएको पाइएपछि छापा मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ७ जना सञ्चालकसहित कार्यरत १ सय ५० युवायुवतीलाई पक्राउ गरेको छ । सञ्चालकमध्ये एक जना भारतीय पनि रहेका छन् ।
कल सेन्टरमार्फत मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया