Pura Samachar

भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु

प्रकाशित: July 25, 2022
पूरा समाचार

भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा  करिब २० जना घाइते भएका छन् ।

तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

दुवै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

 

प्रतिक्रिया