Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप 5 सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि , १ जनाको मृत्यु

प्रकाशित: July 25, 2022
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप 5 सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि , १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५सय ६८जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय  जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ८४ जनाको पीसीआर र १ हजार ७ सय १६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार ५ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया