Pura Samachar

अण्डर २० साफ च्याम्पियनसिप: नेपालले आज श्रीलंकाको सामना गर्दै

प्रकाशित: July 27, 2022
पूरा समाचार

अण्डर २० साफ च्याम्पियनसिप: नेपालले आज श्रीलंकाको सामना गर्दै

काठमाडौं । भारतमा जारी पुरुष अण्डर २० साफ च्याम्पियनसिपको आफ्नो दोश्रो खेलमा नेपालले आज बुधबार श्रीलंकाको सामना गर्दैछ ।

च्याम्पियनसिप अन्तर्गत दोश्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको हो ।

भारतको भुवनेशवरस्थित कालिङ्ग स्टेडियममा हुने नेपाल र श्रीलंकाबिचको खेल आज साँझ ६:१५ बाट शुरु हुनेछ ।

च्याम्पियनसिमा शानदार शुरुवात गरिसकेको नेपाल भोलि लगातार दोश्रो जितसहित फाइनल सम्झावना बलियो बनाउने योजनामा रहेको छ ।

यसअघि सोमबार भएको च्याम्पियनसिपको उद्घाटन तथा आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४-० गोल अन्तरको जितसहित विजयी शुरुवात गरिसकेको छ ।

पहिलो खेलमा नेपाललाई जित दिलाउनका लागि दीपेश गुरुङ्ग, सुगम सुवाल, कृतिश रत्न छिन्जु र मनग्य नकर्मीले गोल गरेका थिए ।

तीन अंकका साथ नेपाल शिर्ष स्थानमा रहेको छ । यता सोमबार नै भएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको श्रीलंका भोलि पहिलो जितको खोजिमा हुनेछ ।

सोमबारको खेलमा श्रीलंकाले माल्दिभ्ससँग १-० गोलको हार व्यहोरेको थियो । श्रीलंका तालिकाको तेश्रो स्थानमा रहेको छ ।

यस्तै भोलि नै आयोजक भारतले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने छ । यो दिउँसो ४:१५ बाट शुरु हुनेछ । भारत हाल अंक तालिकाको तेश्रो स्थानमा छ ।

नेपालले तेश्रो खेल जुलाई ३१ मा आयोजक भारत र अगष्ट २ मा चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

लिग चरणका उत्कृष्ट २ टोलीले अगष्ट ५ तारिखमा उपाधिका लागि भिडन्त गर्नेछन् ।

प्रतिक्रिया