Pura Samachar

आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्कापक्की:प्रकाशशरण महत

प्रकाशित: July 29, 2022
पूरा समाचार

आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्कापक्की:प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताए।

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने समेत बताए।

मंसिर ४ गते निर्वाचन हुँदैछ। पक्कापक्की छ,’ उनल‍े भने‍, ‘केही दिनमा त्यो घोषणा हुन्छ, औपचारिक रूपमा।’

महतले देशभरकै प्रेस युनियनलाई जागरूक गरेर आगामी निर्वाचनका लागि लाग्न समेत निर्देशन दिए।

नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए।

प्रतिक्रिया