Pura Samachar

आज सुन-चाँदीको मूल्य बढयाे

प्रकाशित: July 31, 2022
पूरा समाचार

आज सुन-चाँदीको मूल्य बढयाे

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदी भने प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया